सिसहनिया उद्योग बाणिज्य संघको अध्यक्षमा बुढाथोकी

दाङ, २८ कात्तिक । सिसहनिया उद्योग बाणिज्य संघको सातौ सधारण सभा तथा तेस्रो अधिबेसनले नयाँ कार्य समिति निर्माण गरेको छ ।
दुई दिन सम्म सर्बसम्मतको प्रयास पछि अध्यक्ष पुर्ण बहादुर बुढाथोकी लाई सिसहनिया उद्योग बाणिज्य संघको अध्यक्षमा निर्वाचित गरिएको छ ।

सातौ सधारण सभा तथा तेस्रो अधिबेसनले बाणिज्य उपाध्यक्षमा भागवत ज्ञवाली (भानु) र  उद्योग उपाध्यक्ष युवराज सेनलाई निर्वाचित गरेको छ ।


साथै महासचिवमा प्रकाश आचार्य, सचिवमा मदन पोख्रेल, कोषाध्यक्षमा भिम बहादुर चौधरी र सदस्यहरुमा गीर बहादुर ज्ञवाली, निमराज चौधरी, जिवन अधिकारी, बसन्ता डिसी, राम बहादुर चौधरी र प्रसान्त बसेललाई सर्बसम्मत रुपमा निर्वाचित गरेको छ ।