टेकराज भण्डारी
चन्दा श्रेष्ठ सामाजिक अभियानता हुन् । उनको जन्म २०५३ असोज १३ गते दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.५ मा भएको हो । उनको बाल्यकाल निकै रमाइलो तरिकाबाट बित्यो । उनी भन्छिन् “मामा घर जादा खोला, सुन्द बस्ती र चौतारी देख्दा हुरूकै हुन्थे । बाल्यकालमा गाउँलेहरूसंग माछा मार्न, गाई, बाख्रा चराउन जादा रमाइला कुराहरूको स्मरण गर्छिन् ।” उनले सानैदेखि घर नजिकैको स्कुल पढिन् । उनले २०६९ सालमा तुलसी बोर्डिङबाट एस. एल.सि पास गरिन् । प्लसटु पनि उनले तुलसी बोर्डिङबाट कअष्भलअभ मा गरिन् ।
उनलाई सानै उमेर देखि डाक्टर बने इच्छा थियो तर बुबाको भने छोरीलाई इन्जिनियरिङ पढाउने इच्छा थियो । बुबाको इन्जिनियरिङ पढाउने सपना पूरा गर्नको लागि इन्जिनियरिङ पढ्ने निर्णय गरिन । उनी सिभिल इन्जिनियरिङ पढ्न काठमाडौं गईन् । उनले सिभिल इन्जिनियरिङको अध्ययन हिमाल कलेज अफ इन्जिनियरिङबाट गरिन् ।
उनका दाईहरू उच्च शिक्षाको लागि बाहिरिए पछि उनलाई ठुलो भार थपियो । परिवार, पढाइ, घरायसी काम सबै हेर्नु पथ्र्यो तर कहिलै हार नमान्य उनको स्वभावले गर्दा उनले सहजै गर्थिन ।
उनी पढाइ संगै सामाजिक काममा पनि त्यतिकै सक्रिय भईन् । उनले विभिन्न संघसंस्थाको नेतृत्व समेत समालि सकेकी छन् । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान दाङ, लियो क्लब अफ तुलसीपुर २०१४/१५ को अध्यक्ष लगाएतका संघसंस्थाको नेतृत्व समेत गरि सकेकी छन् । उनी अहिले लायन्स क्लब अफ दाङको वर्ष २०२३/२४ को सचिव छिन् । राष्ट्रिय निर्वाचन प्रवेक्षन समिति नियोक दाङमा प्रवेक्षनको रूपमा काम गर्दै आएकी छिन् ।
उनले अपाङ्ग, गरिब र दृष्टि बिहिनहरूलाई आर्थिक सहयोग गर्दै आएकी छिन् । गरिब, दुखि विद्यार्थी हरूलाई विद्यालयमै गएर विभिन्न सामाग्री सहयोग गरेकी छिन् । ‘रक्तदान नै जीवन दान हो ।’ भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरि रक्तदान गरेकी छिन् । हरियाली, सुन्दर तुलसीपुर बनाउने उदेश्यका साथ वृक्षारोपण, सरसफाइ गर्दै आई रहेकी छिन् ।
उनले पढाइ संग–संगै नेपालका ५० वटा भन्दा बढी जिल्लामा यात्रा गरि सकेकी छन् । थाइल्यान्ड, फिलिपिन्स जस्ता विदेशका विकसित देशमा गई विभिन्न कुराको अध्ययन गरेकी छन् । उनी साथी भाइहरूसंग ट्रेनिङ गर्दा छुट्टै रमाइलो भएको महसुस गर्छिन् । उनले जीवनमा मानिसहरू ठुलो भन्दा पनि असल मान्छे भएको हेर्न चाहान्छिन् । सबै मानिसले कुनै न कुनै लक्ष्य लिएर जन्मेका हुन्छन् । चन्दाको पनि एउटा लक्ष्य छ । वैदेशिक शिक्षाको अनुभव लिइ नेपाल फर्केर समाज सेवा गर्ने उनको लक्ष्य छ ।
उनको परिवारमा बुबा आमा तिन दाइ भाउजू र दुई भतिजाहरू छन् । समाज सेवा गर्दा धेरै मानिसहरूको मुहारमा खुसी छाएको देख्दा आफुमा गैरव गर्छिन् । उनले धेरै संघर्ष गरेर यो स्थान सम्म आएकि छिन् । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । १५ श्रावण २०८०, सोमबार १२:२९ बजे