छात्रवृत्ति मै पढेर डाक्टर बनेका ‘पाण्डे’

डा. रञ्जित पाण्डे

 

देवराज कडेँल

डा. रञ्जित पाण्डे, सबैले लिने नाम हो । फिजिसियन पाण्डेको नाम चर्चित छ । उनी २०४७ साल मंसिर १ मा महोत्तरीको जलेश्वरमा जन्मिएका हुन् । उनी हाल तुलसीपुर स्थित पाल्पालिका पोलिक्लिनिकमा कार्यरत छन् । फिजिसीयन डाक्टर भएकोले उनले
पेट ,छाती ,मुटु , कलेको, थाइराइडका बिरामी हेर्ने गरेका छन् । अहिले आफूले हेरेका सबै विरामी सञ्चो भएर गएको उनको अनुभव छ ।

बाल्यकाल कसरी बित्यो ?
उनका वुवा सरकारी जागिरे थिए । अनि वुवाको जुन ठाउँमा सरुवा हुन्थ्यो रञ्ज्ति पनि त्यही जाने गर्थे । कहिल्यै चितवन, कहिल्यै काठमाडौं, कहिल्यै धनुषालगायतका जिल्लामा जाने गर्थे ।

उनको बाल्यककालमा धेरै रमाइलो भयो । घरमा हुँदा अलि धेरै अनुशासन बाधिनु पर्ने हुन्थ्यो । पछि ७÷८ कक्षा पढ्ने बेला देखि होस्टेल बस्ने यो । पढ्ने वातावरण पनि थियो , साथिभाइ संग रमाइलो गर्ने वातावरण अनि खेल्ने पनि थियो र स्कुलमा कहिले टुर्नामेन्ट हुन्थ्यो , सरस्वती पुजा हुदा अनि विभिन्न खेलकुदका कार्यक्रम हुदा धेरै नै रमाइलो हुन्थ्यो । अहिले ती दिन हरु सझिदा धेरै नै रमाइलो लाग्छ र त्यो समयलाई उनी सम्झिरहन्छन् । उनले त्यो होस्टेल जीवनलाई निकै मन पराउने गर्छन् ।

कृषिमा आश्रित थियो परिवार
उनको मध्यम वर्गीय परीवार हो । उनीहरु पहिले देखि नै कृषि पेसामा निर्भर थिए । सरकारी जागारबाट अबकास भएपछि उनका वुवाले अहिले आफ्नै जग्गामा कृषि काम गर्छन । बुवाले खाली बस्नु भन्दा कृषि कर्म धेरै मन पराउे गरेको आफ्नै घर नजिकैको जग्गामा विभिन्न तरकारी तथा खेतिपाती गरिरहेका छन् ।

शैक्षिक अबस्था
उनी धेरै ट्यालेन्ट विद्यार्थी त हैनन्, जे होस ठिक्कका थिए । २०६३ सालको एसएससी दिएका उनी विशिष्ट श्रेणीमा पास गरेका थिए । उनले काठमाडौंको ह्वाइट हाउसबाट विज्ञान विषयमा ‘बायोलोजी’ लिएर २०६५ मा ११, १२ कक्षा पास गरे । त्यहाँबाट चाही उनले प्रथम श्रेणीमा पास गरे । त्यसपछि उनले ईन्जिनियरीङ र मेडिकल दुईवटैमा परिक्षा दिए, अनि नाम पनि निस्कियो र धरानको बीपी कोइरालाबाट एमबीबीएस पढ्ने निर्णय गरे । इन्टर्नसिप सबै सकेर निस्कदा साढे पाँच बर्षमा ग्रयाजुएट भएर निस्किए । ‘सुरु सुरुमा अली गाह्रो नै लाग्यो । नयाँ कक्षा , नया साथी , कस्तो हुने होला , के गर्ने कसरी अगाडि बढ्ने भन्ने लाग्थ्यो’,उनले भने‘पछि पढ्दै जादा पढेको बुझ्दै पनि गएँ । बिस्तारै पढाइ प्रति रमाइलो लाग्यो । पढ्न सक्छु भन्ने आँट आयो र सजिलोसंग नै पास गर्न सफल भएँ ।’


त्यसपछि फेरी अझै धेरै पढ्नु पर्छ भनेर भारतको चन्डिगढ स्थित पीजीआई भन्ने सरकारी मेडिकल कलेजमा निःशुल्क छात्रवृत्तिमा तीन बर्षमा एमडि पास गरे । अहिले पनि उनले पढ्ने कलेज भारतकै दोस्रो स्थानमा पर्छ । उनी नेपाल आइसकेपछि जानकी मेडिकल कलेजमा आबद्ध भए । अन्य क्लिनिकमा पनि आबद्ध थिए । पछिल्लो समय उनी तुलसीपुर स्थित पाल्पाली पोलिक्लिनिकमा फिजिसियन डाक्टरको रुपमा कार्यरत छन् । उनले दुई महिनाको समयमा १०/१२ जना बिरामी बाहिर लिएर उपचार गर्नुपर्ने अबस्था रहेकाहरुलाई आफैले उपचार गरेर रेफर नै गर्नुपरेमा यसमा उनी निकै खुसी छन् । एमबिबिएस , एमडी पढ्ने बेलाको समय नै रमाइलो थियो । पछि आफू परिपक्क हुँदै जाँदा जागिरको लागि पनि केही सोच्नु पर्ने हुन्छ । अहिले ाफ्नो काम र बिरामीको उपचार मै धेरै समय दिएको छु । यो नै महत्वपूर्ण समय जस्तो लाग्छ ।

उनले सामाजिक कार्यमा पनि उत्तिकै हात हाल्छन्, उनले सिन्धुपाल्चोकका बच्चाहरुलाई सहयोग गरेका छन् ।

संघर्ष
उनले पनि जीवनमा निकै संघर्ष गर्नुपरेको छ । सबभन्दा बढी संघर्ष छात्रवृत्तिमा एमबिबिएस र एमडी ढ्ने बेला भएको थियो । तर त्यो भन्दा ठूलो काम त पढाई पछि खोज्नु पर्ने कामको हुने रहेछ । कहाँ जाने, कस्तो ठाउमा जाने जस्ता कुरामा धेरै सोच्नु पर्ने हुनाले सबै भन्दा ठूलो संघर्ष यही हो । परिश्रम र संघर्ष ै जिवन हो । कहिले पनि तनाब लिनु हुदैन । जिवनमा जे जस्तो अफ्ट्यारो आए पनि सजिलै स्वीकार्दै अघि बढ्नुपर्छ ।

जिबनको लक्ष्य
जीवनमा डाक्टर नै बन्छु भन्ने त थिएन । परीक्षा दिए नाम निस्कियो अनी पढाई अगाडि बढाएका थिए । अब उनले डिएम गर्ने सोँच बनाएका छन् । तीन बर्षे पढाई हुने भएकाले उनी एक÷दुई बर्षपछि त्यो पढाईकालागि पनि नेपाल बाहिर जाने सोँच बनाएका छन् ।

मान्छे खुसी र सन्तुष्ट हुनु पर्छ । जनताको सेवामा नै मेरो जीवन समर्पित गर्ने उनको योजना छ । म पछाडीका भाइबहिनीहरुलाई पनि के सुझाब दिन चहान्छ भने डाक्टर बन्ने सपना छ भने सकभर छात्रवृत्तिमा पढ्न गर्नुस । ऋण लिएर, जग्गा नै बेचेर पढेर पछि जागिरकोलागि धेरै तनाव पनि हुनेगर्छ । सकभर मैले त छात्रवृत्ति मा पढेर धेरै राम्रो भएको थियो । र सबैलाइ यही अनुरोध गर्दछु ।

No description available.