मोटरसाइकल र हाईस ठोक्किदा आगलागी, ५ जना घाइते

तुलसीपुर
१५ फागुन / दाङको तुलसीपुरमा मोटरसाईकल र हाइस एक आपसमा ठोक्किदा आगलागी भएको छ । तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको मोटरसाईकल र घोराहीबाट तुलसीपुरतर्फ आउदै गरेको हाइस दुधरासको सोनापुर सिमेन्ट उद्योगको गेटमा ठोक्किदा हाइस जलेको छ ।

आगलागी हुँदा पाँचजना घाईते भएका छन् । घाईते मध्ये २ जनाको अबस्था गम्भीर रहेको प्रहरीले बताएको छ । आगलागी आईतबार राति ९ बजेतिर भएको हो ।


घटनाका विषयमा थप विवरण आउन बाँकी छ ।