पर्खालमै सीमित छ ‘औद्योगिक ग्राम’

अन्जना बिश्वकर्मा
दाङ, २ मंसिर ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१६ स्थित ग्वारखोला किनारमा निर्माण गर्ने भनिएको औद्योगिक ग्रामको काम अघि बढ्न सकेको छैन ।

हाल पर्खाल लगाउने काम मात्रै भएको छ । उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काका अनुसार अहिले जग्गा संरक्षणकालागि पर्खाल लगाउने काम भएको र केही समयमा टहरा निर्माण गर्ने तयारी छ । “अहिले हामीले पर्खाल बनाएका छौं”, उनले भने “अब यो वर्ष केही टहरा निर्माण गर्छाैं, त्यसपछि अरु काम अघि बढ्छ ।” टहरा निर्माण गरेपछि खानेपानी, विद्युतलगायतका सुविधा उपलब्ध गराएपछि व्यवसायीहरू बस्न सहज हुने उनको भनाई छ ।  ग्रामकालागि चालु वर्षमा २५ लाख बजेट विनियोजन भएको छ ।


तुलसीपुर उपमहानगरपालिकाको अघिल्लो कार्यकालमै सोही ठाउँमा औद्योगिक ग्राम निर्माणकालागि कार्यपालिकाबाट निर्णय गरेको थियो । साना तथा मझौला उद्योगलाई प्रबद्र्धन गर्न साही स्थानमा औद्योगिक ग्राम बनाउने गरि सोही स्थानलाई छनोट गरिएको हो । त्यहाँको करिब २५ विघा जग्गामा औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो । साभारः अग्रिम साप्ताहिक