
मसुरिया,२७ वैशाख।
दाङको राप्ती गाउँपालिका–४ मौरीघाटमा आइतबारदेखि ५ औं मौरीघाट फुटबल प्रतियोगिता सुरु भएको छ। मौरीघाट फुटबल क्लबको आयोजनामा तथा राप्ती गाउँपालिकाको विशेष सहयोग र विभिन्न व्यक्ति तथा संस्थाहरूको प्रायोजनमा प्रतियोगिता सञ्चालन गरिएको हो।
प्रतियोगितामा १५ वटा समूहको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगितामा विजेता टोलीले ३० हजार रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले १५ हजार रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको उद्घाटन राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गर्नुभएको थियो।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष विष्टले खेलकुदले युवाहरूलाई अनुशासित, सक्रिय र सकारात्मक मार्गतर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले यस्ता प्रतियोगिताले गाउँस्तरमा खेल प्रतिभाको पहिचान र विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
क्लबका अध्यक्ष सरद गिरीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती आधारभूत अस्पतालका मेसु एमडिजिपी डाक्टर सुशील केसी, समाजसेवी तथा युवा व्यवसायी ज्ञानु केसी, भिम वली, बसन्त न्यौपाने तथा प्रहरी चौकी मसुरियाका प्रतिनिधि तिलबहादुर खत्रीलगायतको उपस्थिति रहेको थियो। क्लबका सदस्य रोमन ज्ञवालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शन्देश भण्डारी क्षेत्रीले गर्नुभएको थियो।



लाइभदाङ । २७ बैशाख २०८३, आईतवार २१:४८ बजे