
दाङ, ११ पुस ।
जेसिजको वर्ष २०२६ को केन्द्रिय उपाध्यक्षमा निर्वाचित तुलसीपुर नगर जेसिज वर्ष २०२५ का अध्यक्ष सन्दिप भुसाललाई बिहिबार बधाई ज्ञापन गरिएको छ । तुलसीपुर नगर जेसिजले बिहिबार एक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना व्यक्त गरेको हो ।
कार्यबहाक अध्यक्ष केशवराज न्यौपानको अध्यक्षता तथा पूर्व अध्यक्ष झरेन्द्र खरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि खरेलले उपाध्यक्ष भुसाललाई बधाई तथा सफल कार्यकालको शुभकामना ज्ञापन गर्दै पद प्राप्ती कुरा व्यक्तिगतजस्तो देखिएपनि यो तुलसीपुर नगर जेसिजको उपलब्धि भएको बताए ।
पद प्राप्त गरेपछि निर्वाह गर्ने भूमिका सबैभन्दा महत्वपूर्ण रहेको भन्दै उहाँले तुलसीपुर नगर जेसिजले आगामी महाधिवेशनबाट कार्यकारीको भूमिका देख्न चाहेको बताए ।
भुसाल जनकपुरमा भएको जेसिजको ५२ राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्ष पदमा निर्वाचित भएका हुन्m। निर्वाचित भुसालले आफुलाई निर्वाचित गराउन तुलसीपुर नगर जेसिज लगाएत सबैको निकै महत्वपूर्ण भूमिका रहेको बताउँदै धन्यवाद ज्ञापन गरे । उनले साथ सहयोग गर्ने सबैको आशा र भरोसालाई टुट्न नदिने गरी काम गर्ने प्रतिवद्धता पनि जनाए ।
कार्यक्रममा तुलसीपुर नगर जेसिजका पूर्व अध्यक्षहरु बिमल पौडेल, दिपेश भण्डारी, शालिकराम वली, पूर्णबिक्रम डाँगी लगायतले उपाध्यक्ष भुसाललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।
उपाध्यक्ष सुरज केसीको जेसिज आस्थापाठबाट शुरु भएको कार्यक्रममा कोषाध्यक्ष शैलेन्द्र कुमार वलीले स्वागत मन्तव्य राख्नुभएको हो । कार्यक्रमको सहजीकरण महासचिव बुद्धिप्रसाद सापकोटाले गरेका हुन् ।



लाइभदाङ । ११ पुष २०८२, शुक्रबार २०:५२ बजे