दंगीशरणमा २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका दिवस सम्पन्न

प्रमोद आचार्य
दंगीशरण, १९ मङ्सिर ।
नसर्ने रोग न्यूनीकरण गर्न योग प्रभाकारी रहेको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताएका छन । बिषादीयुक्त खानपान र बदलिदो जिवनशैलिका कारण धेरैजसो नागरीकहरुमा नसर्ने रोगले जडा गाडेको अध्यक्ष गिरीले बताए । दंगीशरण गाउँपालिका स्वास्थ्य साखाको आयोजनामा आयोजित २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका दिवसको अवसर पारी आयोजना गरीएको कार्यक्रममा अध्यक्ष गिरीले यस्तो बताएका हुन ।

‘स्वास्थ्य क्षेत्रमा दिगो विकास,महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाको संयुक्त प्रयास’ भन्ने मुल नारासहित दंगीशरणका स्वयंसेवीकाहरुले प्लेकार्ड सहित हेकुलि बजार परीक्रमा गरी स्वास्थ्य चौकी हेकुलिमा पुगी औपचारिक कार्यक्रम गरेका थिए ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले समाजमा जनचेतना फैलाउने र दुरदराजका जनतामा स्वास्थ्यको प्रारम्भिक जग बसाल्न स्वयंसेवीकाले खेलेको महत्वपूर्ण भुमिकाको प्रसंशा गरीन । नेपालको बाल मृत्युदर र मातृ मृत्युदरमा कमि ल्याउन उल्लेखनीय भुमिका स्वयंसेवीकाको रहेको समेत बताइन् ।

कार्यक्रममै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर खत्रीले नेपालमा बाल स्वास्थ्यको क्षेत्रमा स्वयंसेवीकाले गरेको योगदानको अध्ययन गर्न अमेरीकि नियोगबाट समेत नेपालका स्वास्थ्य संस्थामा आयको स्मरण गर्दै अन्तर्राष्ट्रिय जगतमै नेपाली स्वास्थ्य स्वयंसेवीकाहरुको साख उचो रहेको बताए ।


कार्यक्रममा बोल्दै वडा नं.३ का वडा अध्यक्ष शुकलाल चौधरीले नसर्ने रोगबाट बच्न शारीरिक ब्यायमका साथै खानपानमा समेत विशेष ख्याल गर्न आग्रह गरे ।

कार्यक्रम स्वयंसेवीका दंगीशरणकी अध्यक्ष गोमा न्यौपानेको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काको बिशिस्ट आथित्यतामा भएको थियो ।

स्वयंसेवीका दिवसको उदेश्य माथि गाउँपालिका स्वास्थ्य साखा प्रुमुख प्रदिप योगीले प्रकाश पारेका थिए भने कार्यक्रमको सहजीकरण स्वयंसेवीका नर्बदा अधिकारीले गरेकी थिइन् ।