
दाङ, ०३ मङ्सिर ।
देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा गढवा गाउँपालिका-६, रामपुरका १९ वर्षीय रोहित सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ४ बजे लमहीबाट गढवातर्फ जाँदै गरेको रा ५ प ८९२४ नम्बरको मोटरसाइकल राप्ती पुलमा ठोक्किएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका सुनारलाई उपचारका लागि सञ्जीवनी टिचिङ अस्पताल घोराही लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गढवा-६ का १८ वर्षीय राहुल थापा र १८ वर्षीय नवीन गुरुङ सामान्य घाइते भएका छन्। सुनारको शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।



लाइभदाङ । ४ मंसिर २०८३, बिहीबार ११:०९ बजे