रोल्पामा चोरी मुद्धाका फरार प्रतिवादी १२ वर्षपछी पक्राउ

तुलसीपुर, १९ फागुन ।
रोल्पामा चोरी मुद्धाका फरार प्रतिवादीलाई १२ वर्षपछी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रुन्टिगढि गाउँपालिका ७ बलबाङ निवासी ३५ वर्षीय कृष्ण रोका रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

चोरी केशमा उनलाई २०६७ साल जेठ ९ गते पुरानाबेदन अदालत दाङले ९ वर्ष २ महिना १५ दिनको कैद सजाय सुनाएको थियो ।


त्यस लगत्तै फरार रहेका उनलाई १२ वर्षपछी  बिहीबार रोल्पाको प्रहरी कार्यालय हालेरीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेर फैसला कार्यान्वयनका लागी जिल्ला अदालत रोल्पामा बुझाइएको जिल्ला प्रहरी कायालय रोल्पाले जनाएको छ ।