खेतमा अजिंगर भेटियो

तुलसीपुर, १८ असार ।
दाङमा खेत रोप्ने क्रममा अजंगिर भेटिएको छ । लमही नगरपालिका नं. १ सुन्डबरी निवासी बुद्धि चौधरीको खेतमा बिहीबार विहान धान रोप्ने क्रममा अजिंगर भेटिएको हो । उक्त अजिंगरको सर्प उद्दारकर्ता शिवु खनालले उद्दार गरि सामुदायिक बनमा छोड्नु भएको छ ।


उक्त अजिंगरको करिब डेढ मिटर लम्बाई र पाँच किलो तौल रहेको सर्प उद्दारकर्ता खनालले बताउनुभयो । उहाँका अनुसार चौधरीले खबर गएपछि खेतमा पुग्दा अजंगिर फेला परेपछि उद्दार गरेर प्राकृतिक बासस्थानमा छोडिएको हो ।