राप्ती नदीको बाढीमा बेपत्ता भएका युवक मृत अवस्थामा फेला

दाङ, २३ असार ।
शनिबार राप्ती नदीको बाढीमा परेर बेपत्ता भएका एक युवक मृतअवस्थामा फेला परेका छन् । । शनिबार लमहीबाट दुध बेचेर फर्किएका राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी १७ वर्षीय राजकुमार यादव हस्नापुर घाटबाट बगेर बेपत्ता भएका थिए ।

इलाका प्रहरी कार्यालय अमिलियाका अनुसार बेपत्ता यादवको शव आज बिहान फेला परेको जानकारी दिएका छन् । यादवको शव हस्नापुर घाटदेखि करिब एक सय ५० मिटर पश्चिमतर्फ बगरमा फेला परेको प्रहरीले जानकारी दिएको छ। यादवसंगै बाढीमा फसेका दुईजना युवालाई सशस्त्र प्रहरीले उद्दार गरेको थियो।