
तुलसीपुर (दाङ), १७ माघ ।
नर्सिङ पेशा स्वास्थ्यको मेरुदण्ड हो । तर, पनि स्रोत साधन अभाब हुँदा समस्या हुने गरेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका बरिष्ठ नर्सिङ अधिकृत सविता कौशलले बताईन् ।“नर्सिङ पेशा भनेको स्वास्थ्यको मेरुदण्ड हो”,उनले भनिन्“तर, स्रोत साधन नहुँदा पनि हामीले सेवा दिनु परेको छ ।”
नर्सिङले पुनः स्थापना केन्द्रसम्मकालागि महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो । तर, स्रोत साधनका विषयमा सबै एकजुट हुन आबश्यक रहेको उनले बताईन् ।
त्यस्तै नर्सिङ अधिकृत कमला खड्काले नर्सिङ पेशा निकै चुनौतिपूर्ण पेशा रहेको समेत बताइन् । उनले नर्सिङ पेशामा काम गर्दै गर्दा हरेक क्षेत्रबाट अपमान सहनु परको समेत बताईन् । यसले आफूहरुलाई काम गर्ने हौसला नभएको समेत बताइन् ।
६४औँ राष्ट्रिय नर्सिङ दिवसका अवसरमा विहीबार दाङको तुलसीपुरमा “सुरक्षित र मर्यादित नर्सिङ पेशा, जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा” भन्ने नाराका भएको अतरक्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । नर्सिङ संघ जिल्ला समिति दाङको आयोजना तथा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, लुम्बिनी प्रदेश समितिको समन्वयमा उनीहरुले यस्तो बताएका हुन् ।
त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, लुम्बिनी प्रदेशका अध्यक्ष दोर्णबहादुर ओलीले नर्सिङ कर्मचारीबीच समन्वय आवश्यक रहेको बताए । उनले नर्सिङबीच भावनात्मक एकता आबश्यक रहेको समेत बताए ।
कार्यक्रममा नेपाल नर्सिङ संघ दाङकी पूर्वअध्यक्ष राधा पौडेल, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेट्रोन सरु चौधरी, पहाना अधिकृत रितु न्यौपानलगायतले मन्तब्य ब्यक्त गरेका थिए । नेपाल नर्सिङ संघ दाङका अध्यक्ष बिमला पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण संघकी सदस्य कमला खड्काले गरेकी थिइन, भने स्वागत सदस्य खिमा भुषालले गरेकी थिइन ।



लाइभदाङ । १८ माघ २०८२, शनिबार ०६:३९ बजे