किवानिज क्लबद्वारा अनाथ बालबालिकालाई न्यानो कपडा वितरण

टेकराज भण्डारी
दाङ, २६ मंसिर ।
किवानिज क्लव अफ दाङ तुलसीपुरले न्यानो कपडा वितरण गरेको छ । किवानिज क्लव अफ दाङ तुलसीपुरकाे आयोजना तथा सामाजिक अभियानता सुरेश हमालकाे पहलमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ माया सदनमा न्यानो कपडा वितरण गरिएको हाे ।

किवानिज क्लव अफ दाङ तुलसीपुरका सल्लाहकार, नेपाली काङ्ग्रेस तुलसीपुर नगर सभापति तथा त्रिशिद्धेश्वरी राप्ती यातायात प्रा.ली का अध्यक्ष सुरेश हमालले अनाथ, असाहय र निम्न वर्गहरूको लागि सधै सहयोग गर्ने बताउनु भयो ।

माया सदनमा १५ जना किशोरी र ८ जना किशोर रहेका छन् भने सुस्त श्रवण भएका ६ जना बालबालिका रहेको सदनका इन्चार्ज हरिश पाण्डेले जानकारी दिनुभयो । जुम्लाबाट स्थपना भएको माया सदन दाङ लगाएत अन्य ७ जिल्लाहरूमा सेवा दिँदै आएको छ । आफू माया सदनबाट हुर्किएर अनाथहरुको सेवाको लागि समर्पित हुँदै आयको इन्चार्ज पाण्डेले बताउनु भयो ।


किवानिज क्लव अफ दाङ तुलसीपुरका अध्यक्ष विमल पाैडेलकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति भुपाल रावत, देवेन्द्र रिजाल, माेहन सुनार, मेघराज घिमिरे, सन्दिप भुसाल, तेजबहादुर कार्की, केशवराज केसी, सपना भण्डारी बस्नेत, गोरख वली, लगायतकाले अनाथ, असाहय र निम्न वर्गहरूको लागि किवानिज हरपल तयार रहेको बताउनु भयो ।

किवानिज क्लव अफ दाङ तुलसीपुरका उपाध्यक्ष समीर न्याैपानेकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सहजिकरण क्लबका महासचिव केशव राज केसीले गर्नुभएको थियोे । क्लवले २३ जना बालबालिकाको लागि न्यानो कपडा प्रदान गरेको हो ।