
तुलसीपुर, ८ भदौ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१७ बेलझुण्डीमा आइतबार दिउँसो टिप्पर र स्कुटी ठोक्किँदा एकजना गम्भीर घाइते भएका छन्। घाईते हुनेमा तुलसीपुर–११ बस्ने ५६ वर्षीय निम बहादुर पाण्डे रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोना सिमेन्ट फ्याक्ट्रीतर्फ जाँदै गरेको ना १ ख ९३२० नम्बरको खाली टिप्परले विपरित दिशाबाट आइरहेको रा ४ प ३७७९ नम्बरको स्कुटीलाई दिउँसो करिब १ः४० बजे ठक्कर दिएको हो।
ेटाउको, छाती र मुखमा गम्भीर चोट लागेका घाइते पाण्डेलाई प्रारम्भिक उपचारका लागि राप्ती प्रादेशिक अस्पताल पुर्याइएपछि थप उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होममा लगिएको प्रहरीले जनाएको छ। हाल उनको अवस्था गम्भीर छ।
दुर्घटनामा संलग्न टिप्पर चालक मकवानपुर मनहरी गाउँपालिका–६ का २७ वर्षीय विशाल सुनारलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ भने दुवै सवारी साधन पनि प्रहरी नियन्त्रणमा रहेका छन्।



लाइभदाङ । ८ भाद्र २०८२, आईतवार १९:११ बजे