
दाङ, १२ असोज ।
एनप्याब्सन दाङका पूर्वध्यक्ष भिमबहादुर बुढाथोकी काँग्रेसको महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका छन् । दाङ क्षेत्र नं.३ बाट उनी उम्मेदवार बनेका हुन् ।
हाल उनी एनप्याब्सनको केन्द्रीय सदस्यको भूमिकामा समेत छन् ।
शिक्षा र व्यवसायबाट प्राप्त अनुभवलाई अब सार्वजनिक तथा राजनीतिक जीवनमा जोड्ने उद्देश्यसहित बुढाथोकी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुला तर्फबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका हुन् ।



लाइभदाङ । १२ आश्विन २०८३, सोमबार २२:५० बजे