वडा सदस्य बस्नेतद्वारा प्रधानाध्यापक खत्रीलाई कुटपिट

देउखुरी, १ जेठ ।
दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित मावि सिक्टाका प्रधानाध्यापक बिष्णु खत्रीलाई वडा सदस्य प्रमोद बस्नेतले कुटपिट गरेका छन् ।

राजपुर गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य प्रमोद बस्नेतले मावि सिक्टाका प्रधानाध्यापक विष्णु खत्री र वडाध्यक्ष पुष्कर वलि सोमबार वडा कार्यालयमा शिक्षा सम्बन्धि विषयमा छलफल गरिरहेका बेला एक्कासी आफुमाथि कुटपिट गरेको प्रधानाध्यापक विष्णु खत्रीले जानकारी दिनुभयो ।

प्रधानाध्यापक खत्रीले भन्नुभयो ‘विद्यालयको बिषयमा वडाध्यक्षसंग छलफल भइरहेको थियो । वडा सदस्य प्रमोद बस्नेत वडा कार्यालयमा प्रवेश गर्नुभयो । लगत्तै स्कुलमा नाम लेखाउने विषयमा किन शुल्क पठाएको प्रश्न गर्नुभयो ।’ ‘त्यसपछि मैले गाउँपालिका चारवटा शिक्षक पठाउने निर्णय भएतापनि नपठाएको र विद्यार्थीबाट शुल्क नउठाएर विद्यालय कसरी संचालन गर्ने भन्ने बित्तिकै वडा सदस्य बस्नेतले राहतको शिक्षक भएर प्रधानाध्यापक बन्ने अनि ठुला कुरा गर्ने भन्ने बित्तिकै म माथि कुटपिट भयो ।’ उहाँले आँखा, टाउको र हातमा चोट लागेको जानकारी दिदैँ, उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेको जानकारी दिनुभयो ।


यता प्रत्येक्षदर्सी राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वलिले वडा सदस्यको मावि सिक्टाका प्रधानाध्यापक विष्णु खत्री र म बिच वडा कार्यालयमा शिक्षाको विषयमा छलफल भइरहेको बेला वडा सदस्य प्रमोद बस्नेत कुटपिट गरेको जानकारी दिनुभयो । उहाँले वडा सदस्य बस्नेत त्यसरी कुटपिट नगरी चित्त नबुझेको कुरा वडामा आएर छलफल गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘जनताको प्रतिनिधि भएर विद्यालयको प्रधानाध्यापक माथि कुटपिट गर्नु उहाँको नैतिकताले दिदैन । यो सरासर उहाँले गलत गर्नुभएको हो । चित्त नबुझे गाउँपालिका छ, शिक्षा समिति छ, यसरी शिक्षकमाथि हातपात गर्न मिल्छ ?’

यता वडा सदस्य प्रमोद बस्नेतले प्रधानध्याक विष्णु खत्रीले मलाई मुख छोडेपछि हात छोड्न बाध्य भएको उहाँले बताउनुभयो । उहाँले गाउँपालिकाले नि:शुल्क शिक्षा गर्दा गर्दै, तपाईंले किन शुल्क उठाउनु भएको भन्दा त जाबो वडा सदस्यले भनेर मैले शुल्क नउठाउने, आपत्ति जनक शब्द प्रधानाध्यापक खत्रीले निकालेपछि म बाध्य भएर हातपात गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–। गाउँपालिकाले निःशुल्क शिक्षा लागु गरेको छ तर उहाँले विद्यार्थीसंग किन शुल्क उठाउने । मेरो प्रश्न यहाँ निर हो ।’ राजपुर गाउँपालिका वडा नम्बर ७ मा नेपाली काङग्रेसका तर्फबाट निर्वाचित वडा सदस्य हुन् ।