
तुलसीपुर, १२ असोज ।
एनप्याब्सन दाङका निवर्तमान अध्यक्ष भोजराज न्यौपानेले काँग्रेस दाङ क्षेत्र नं.३ प्रदेशसभा–१ को सभापति पदमा उम्मेदवार दिएका छन् । लामो समयदेखि कांग्रेसको विभिन्न जिम्मेवारीमा रहेर पार्टी संगठन लागेका न्यौपाने लायन्स क्लब अफ दाङको पूर्व अध्यक्ष समेत हुन् ।
शिक्षा र सामाजिक क्षेत्रमा आफ्नो योग्दान रहेको भन्दै अब पार्टीलाई शसक्त ढंगले अगाडी बढाउन आफ्नो उम्मेदवारी रहेको उनले बताए ।
उनले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन, पुराना नेताहरूको सम्मान र युवाहरूको जोसलाई सही ढंगले परिचालन गर्न आफूले नेतृत्वको दाबी गरेको बताए । पार्टीभित्र नयाँ ऊर्जा थप्न र आगामी आम निर्वाचनमा कांग्रेसलाई पहिलो शक्ति बनाउन आफ्नो टिमको जित अपरिहार्य रहेको उनले दावी गरे ।



लाइभदाङ । १२ आश्विन २०८३, सोमबार २१:१२ बजे