३० बर्ष बैंकिङ क्षेत्रमा सेवा गरेका बुद्ध काँग्रेस प्रदेशसभा उपसभापतिका उम्मेदवार

दाङ, १२ असोज ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा क्षेत्र ३ (क) को उपसभापति पदमा बुद्ध प्रकाश सिंहले उम्मेदवारी घोषणा गरेका छन्।

उम्मेदवारी घोषणा गर्दै उनले कांग्रेसको संगठन सुदृढीकरण, पार्टीभित्रको आन्तरिक एकता र स्थानीय तहसम्म संगठनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ आफूले उम्मेदवारी दिएको बताएका छन्। उम्मेदवार सिंहसँग बैंकिङ क्षेत्र तथा विभिन्न सामाजिक संघ-संस्थामा काम गरेको लामो अनुभव रहेको छ।


उनले राष्ट्रिय वाणिज्य बैंकको व्यवस्थापन तहमा ३० वर्ष काम गरेका छन्।

त्यस्तै उनी रोटरी क्लब अफ तुलसीपुर सिटीका इलेक्ट प्रेसिडेन्ट, लायन्स क्लब अफ तुलसीपुर ईशानका संस्थापक अध्यक्ष तथा लायन्स क्लब इन्टरनेसनल ३२५ डिस्ट्रिक्ट सिनियर एक्जिक्युटिभ चिफ हुन्। यसका साथै उनी मानवसेवा आश्रमको अभिभावकका रूपमा समेत क्रियाशील रहेका छन् ।