२९ बर्षीय आकाश काँग्रेसको महाधिवेशन प्रतिनिधि उम्मेदवार

दाङ, १२ असोज ।
२९ बर्षीय आकाश भण्डारी काँग्रेसको महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका छन् । दाङ क्षेत्र नं.३ बाट उनी उम्मेदवार बनेका हुन् । ३५ बर्षे उमेर समूह अन्तर्गत युवा कोटामा उनले उम्मेदवारी दिएका हुन् ।

पार्टीलाई चलायमान बनाउन युवाको भूमिका महत्वपूर्ण हुने भन्दै आफू यो पदमा उम्मेदवार बनेको बताए । उनले हरेक उमेर समूहका ब्यक्तीको क्षमता प्रयोग गरेर नै पार्टी अगाडी बढ्ने भन्दै पार्टीमा युवाको भूमिका महत्वपूर्ण हुने बताए ।


उनी जिल्ला बाल सन्जालको पूर्व सचिब, नेविसंघ ज्ञानदीप कलेजको सभापती हुँदै केन्द्रिय सदस्य समेत भए । हाल उनी ब्यबसायमा आबद्ध पनि छन् । खुसी संसार, रानी केक, रानी स्कुलको उनी सेयर सदस्य हुन् ।