
तुलसीपुर, १२ असोज ।
दाङ क्षेत्र नं.३ बाट इन्जिनियर विनोद कुमार शर्मा महाधिवेशन प्रतिनिधिका उम्मेदवार बनेका छन् । उनी ३५ बर्ष मुनीका युवाहरुको तर्फबाट उम्मेदवार बनेका हुन् । आफूले विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको लोकतान्त्रिक विचार र मूल्यसँग जोडिँदै आएको भन्दै २०७१ सालमा नेविसंघसँग जोडिएर राजनीति सुरु गरेको बताए ।
२०७६ सालपछि व्यावसायिक जीवनमा प्रवेश गरेसँगै इन्जिनियर्स फर डेमोक्रेटिक इन्जिनियर्स नेपालसँग आबद्ध भएको उनले बताए । उनी सातौँ कार्यकारिणीमा केन्द्रीय सदस्यको उम्मेदवारका रूपमा पनि आफ्नो भूमिका निर्वाह गरेको बताए । उद्यपी त्यो निर्वाचनमा अपेक्षित परिणाम प्राप्त गर्न नसकेको उनले बताए । तर, पनि त्यसले आफ्नो यात्रा नरोकिएाके उनको भनाई छ ।
उनले आर्किटेक्ट इन्जिनियरका रूपमा विभिन्न पालिकाहरूमा भौतिक पूर्वाधार तथा विकास निर्माणसँग सम्बन्धित काम गर्ने अवसर पाएको बताए ।
राष्ट्रको गौरवसँग जोडिएका महत्वपूर्ण आयोजनामा समेत काम गर्ने अवसर पाएको उनले बताए ।



लाइभदाङ । १२ आश्विन २०८३, सोमबार २०:२९ बजे