कांग्रेस दाङ क्षेत्र नं. ३ (ख) को सभापतिमा दंगीशरण गाउँपालिका अध्यक्ष गिरीको उम्मेदवारी

दाङ, १२ असोज ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत क्षेत्र नं. ३ (ख) को सभापति पदमा दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्रेसको संगठनलाई अझ सुदृढ, गतिशील, अनुशासित र कार्यकर्तामैत्री बनाउने उद्देश्यका साथ आफूले उम्मेदवारी दिएको उनले बताए ।


उनले व्यक्तिभन्दा संगठन, गुटभन्दा एकता र पदभन्दा जिम्मेवारी लाई मुख्य आधार बनाउने बताए । क्षेत्र नं. ३ (ख) को कांग्रेसलाई थप बलियो र जनमुखी बनाउने अभियानमा साथ दिन समेत आग्रह गरे ।