
दाङ, १२ असोज।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दाङबाट तीन हजार बढि क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।
सहायक जिल्ला निर्वाचन अधिकृत अर्जुन अधिकारीका अनुसार जिल्लाका तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ३ हजार २ सय ८७ जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।
दाङ निर्वाचन क्षेत्र नम्बर १ मा १ हजार ५१, क्षेत्र नम्बर २ मा १ हजार २ र क्षेत्र नम्बर ३ मा १ हजार २ सय ३४ जना क्षेत्रीय प्रतिनिधि रहेको अधिकारीले बताए।



लाइभदाङ । १२ आश्विन २०८३, सोमबार २०:४९ बजे