आज शुक्रबार तपाईको राशिफल

मिति २०८२ साउन ९ गते ।
मेष : दैनिक कार्यमा उत्साह रहनेछ। अध्ययन, अध्यापन वा योजना बनाउनेमा ध्यान केन्द्रित हुनेछ। तर पारिवारिक मतभेदबाट बच्न संवादमा सन्तुलन राख्नुहोस्।

वृष : साझेदारी वा वैवाहिक सम्बन्धमा भावनात्मक घनिष्टता बढ्नेछ। तर आर्थिक लेनदेन वा निर्णयमा हतार नगर्नुहोस्। स्वास्थ्यतर्फ पनि ध्यान दिँदा राम्रो।

मिथुन : काममा निरन्तरता ल्याउनुपर्ने दिन हो। स्वास्थ्यमा सानो असहजता आउन सक्छ। व्यवस्थित र धैर्यपूर्वक अघि बढे फाइदा हुनेछ।

कर्कट : मन रमाउने दिन हो। सन्तान वा प्रेम सम्बन्धमा न्यानोपन आउनेछ। सिर्जनात्मक कार्यमा सफलता मिल्ने योग छ। शुभ समाचार सुन्न सकिनेछ।

सिंह : घरपरिवारका दायित्वहरू बढ्न सक्छन्। थकान वा मानसिक तनाव हुन सक्छ। तर जमिन, सम्पत्ति वा घर सुधारको विषयमा चर्चा हुन सक्छ।

कन्या : आज यात्राको सम्भावना छ। अध्ययन, लेखन वा अनुसन्धानका लागि राम्रो समय हो। भाइबहिनी वा साथीबाट सहयोग पाइनेछ।

तुला : आर्थिक विषयमा चनाखो बन्नुहोस। धनसम्बन्धी चलअचल विषयमा होशियारी आवश्यक छ। यद्यपि, बोली मधुर बन्यो भने काम सजिलै बन्नेछ।


वृश्चिक : आज चन्द्रमा आफ्नो राशिमा भएकाले मनमा संवेदनशीलता बढी हुनेछ। आत्मविश्वास बलियो रहनेछ। तर आवेगमा निर्णय नगर्नुहोस्।

धनु : पुराना कुरा मनमा खेल्न सक्छन्। अलिकति नकारात्मक विचार हाबी हुन सक्छ। ध्यान, जप, साधना वा आत्मचिन्तन उपयुक्त उपाय हुनेछ।

मकर : मित्रता र सामाजिक सम्बन्धमा मिठास आउनेछ। शुभ कार्यमा सहभागी भइनेछ। परोपकारी कार्यमा मन जानेछ। आर्थिक पक्ष सन्तुलनमा रहनेछ।

कुम्भ : पद प्रतिष्ठा बढाउने समय हो। जिम्मेवारी थपिन सक्छ, तर त्यसले सम्मान पनि ल्याउनेछ। काममा निरन्तरता आवश्यक छ।

मीन : विदेश सम्बन्धी विषय, धर्म, अध्यात्म वा उच्च अध्ययनमा आकर्षण बढ्नेछ। गुरु वा सल्लाहकारको साथ उपयोगी हुनेछ। यात्राबाट लाभको सम्भावना छ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799