निराजन डाँगी
तुलसीपुर,२३ माघ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दाङमा एक घण्टा चक्काजाम गरेको छ । पेट्रोलियम पदार्थको मूल्य फिर्ता लिन माग गर्दै एक घण्टा चक्काजाम गरेको हो ।
पार्टीका तुलसीपुर नगर इञ्चार्ज विकास ओलीका अनुसार आईतबार तुलसीपुरसहित विभिन्न स्थानमा विहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम गरिएको हो । यस अघि पनि नेकपाले तुलसीपुर स्थित नेपाल आयल निगम ईन्धन डिपोमा प्रर्दशन गरेको थियो ।
यदि मूल्य फिर्ता नलिए यस्ता आन्दोलनलाई निरन्तरता दिने इञ्चार्ज ओलीले बताए ।
लाइभदाङ । २३ माघ २०७८, आईतवार १०:४३ बजे