
दाङ, १० असोज ।
लगातारको वर्षाका कारण दाङ–कपिलवस्तु सडकखण्डअन्तर्गत भाइरल डाँडा नजिक पहिरो गएको छ । शनिबार राति करिब ८ बजेको समयमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
पहिरोका कारण सडकमा माटो तथा ढुंगा खसेपछि उक्त सडकखण्डमा सवारी आवागमन पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ। पहिरो गएको स्थानमा इलाका प्रहरी कार्यालय चन्द्रौटाको टोली पुगेर अवस्था बुझिरहेको छ।
लगातार वर्षा भइरहेकाले थप पहिरो खस्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीले सडकमा सावधानी अपनाउन आग्रह गरेको छ। सडक खुलाउन प्रयास जारी राखिएको छ।



लाइभदाङ । १० आश्विन २०८३, शनिबार २१:३६ बजे