समाज सुधार युवा क्लबको अध्यक्षमा डाँगी चयन

 राजेश वली रुद्र

तुलसीपुर, ९ पुष ।  तुलसीपुर ८ मा रहेको समाज सुधार युवा क्लबले आज एक भेलाका बिच कार्य समिति चयन गरेको छ । क्लबले दुर्गा प्रसाद डागीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । जस्को उपाध्यक्षमा बलबहादुर कवर, सचिबमा दिपक वली, सहसचिवमा गितान्जली कवर, कोषाध्यक्षमा प्रकाश केसी, सह-कोषाध्यक्षमा लीलामणि कवरलाई चयन गरेको हो ।


यस्तै भेलाले संस्कृतिक संयोजकमा राजकुमार चौधरी, खेलकुद संयोजकमा संगित रेउले, युवा परिचालन संयोजकमा सुशील वलीलाई चयन गरेको छ । त्यस्तै सदस्यमा कपिल नेपाली र रोजन डागीलाई चयन गरेको छ ।

बि.सं २०६७ सालमा स्थापना भएको यस क्लबले खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, सामाजिक कार्यक्रम लगायत कार्यमा अग्रनी भुमिका खेल्दै आएको छ । यस अघि क्लबले भैलोबाट उठेको अधिकाश पैसा मन्दिर तथा सुचना केन्द्र बोर्ड निर्माणका लागि खर्च गरेको थियो ।