तुलसीपुर
१९ कात्तिक / अप्टिमिष्ट क्लब अफ तुलसीपुरले रगत अभाबलाई पूर्ति गर्न रक्तदान गरेको छ । तुलसीपुरमा रगत अभाब ब्यापक भएको जानकारी पाएपछि शनिबार क्लबले रक्तदान गरेको हो ।
क्लबका अध्यक्ष मानबहादुर बस्नेतको अध्यक्षता तथा बरिष्ठ सल्लाहकार मेघराज घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा क्लबमा आबद्ध तथा सुभेच्छुकहरुले रक्तदान गरेका थिए । रगत दान नै जीवनदान भएको भन्दै आफूहरुले खेर जाने रगत दिएर कसैको ज्यान बचाउनकालागि यो अभियान थालेको अध्यक्ष बस्नेतले बताए ।
जहाँ समस्या हुन्छ्, त्यहाँ अप्टिमिष्ट पुग्ने भन्दै अहिलेको अबस्थामा रगत अभाब रहेको भन्दै यसलाई सहज बनाउन रक्तदान गरिएको बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङका सदस्य भिमलाल मरासिनी, क्लबका सुपरिबेक्षण कोर्डिनेटर टिम अधिकारीलगायतको सहभागिता रहेको थियो ।
उपाध्यक्ष कमल सापकोटाले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा कोषाध्यक्ष विष्णु योगीले धन्यवाद ज्ञापन गरेका थिए, भने सहजीकरण सचिब एकराज भण्डारीले गरेका थिए । पछिल्लो समय तुलसीपुरमा रगत अभाब चुलिदै गएको छ । बीचमा भएका चाडपर्व र चुनाबका कारणले रगत दान गर्नेहरुको संख्या न्यून रहेकाले पनि रगत अभाब हुँदै गएको हो ।
लाइभदाङ । १९ कार्तिक २०७९, शनिबार २२:५४ बजे