मोतीपुरमा बस दुर्घटना

तुलसीपुर, ५ माघ ।
नारायणघाटबाट तुलसीपुर आउँदै गरेको बस तुलसीपुर उपमहानगरपालिका – ७ माेतिपुरमा दुर्घटनामा परेको हो । घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुर-७ मोतिपुरमा ना ७ ख ३५७६ नम्बरको बस शुक्रबार राती ८ बजेतिर दुर्घटनामा परेको हो ।

बसमा अरु यात्रु नभएको र बसका तीन जना स्टाप सकुशल रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर प्रसाद पोखरेलले जानकारी दिनुभयो ।


विपरित दिशाबाट गईरहेको मोटरसाइककाे फोकस लाईटका कारण बस दुर्घटनामा परेको चालकले बताएको प्रहरीले जनाएको छ ।