लालमटियामा खुल्यो जलाकी हार्डवेयर, निर्माण सामग्री अब एकै ठाउँमा

भालुबाङ, २ असोज ।
दाङको राप्ती गाउँपालिका–२ लालमटियामा जलाकी हार्डवेयर सञ्चालनमा आएको छ।

घर निर्माण तथा मर्मतसम्भारका लागि आवश्यक सामग्री स्थानीयस्तरमै उपलब्ध गराउने उद्देश्यले बिहीबार एक कार्यक्रमबीच हार्डवेयरको उद्घाटन गरिएको हो।

हार्डवेयरका सञ्चालक प्रसीप घर्तीमगरको अध्यक्षता तथा स्थानीय समाजसेवी एवं बुद्धिजीवी शोभाराम बुढामगरको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो।

हार्डवेयरमा पाइप, पाइप फिटिङ, ढोका, पानी ट्याङ्की, धारा लगायत घर निर्माण तथा मर्मतसम्भारका आवश्यक सामग्री उपलब्ध हुने सञ्चालक घर्तीमगरले बताउनुभयो।

रोजगारी र अवसरको खोजीमा युवाहरू विदेश पलायन भइरहेको अवस्थामा स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचका साथ व्यवसाय सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो।


स्थानीयलाई आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउनुका साथै आफ्नै ठाउँमा रोजगारी सिर्जना र आर्थिक गतिविधिमा योगदान पुर्‍याउने उद्देश्य रहेको उहाँको भनाइ छ।

लुम्बिनी प्रदेशको राजधानी क्षेत्रसमेत रहेको लालमटिया आसपासमा निर्माण गतिविधि बढ्दै गएको अवस्थामा जलाकी हार्डवेयर सञ्चालनमा आएसँगै स्थानीयलाई आवश्यक सामग्री खरिद गर्न सहज हुने अपेक्षा गरिएको छ।

यसबाट सामग्री खरिदका लागि टाढा जानुपर्ने बाध्यता घट्नुका साथै समय र ढुवानी खर्चसमेत बचत हुने विश्वास गरिएको छ।

उद्घाटन कार्यक्रममा गोर्खा आइडलका स्कुल लालमटियाका प्रिन्सिपल बसन्त पुनमगर, नेपाल मगर संघ राप्ती गाउँपालिकाका अध्यक्ष हिराबहादुर झाँक्रीमगर, पालिका सचिव टीकाबहादुर बुढामगर,संघका शिवबहादुर रानामगर,भान घर्तीमगर, मगर महिला संघकी अध्यक्ष बिस्पुरा घर्तीमगर, जितबहादुर पुनमगर, लक्ष्मी रोकामगर लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

इराधा झाँक्रीमगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कृष्ण पुनमगरले गर्नुभएको थियो।