
मसुरिया, २९ पुस।
दाङको राप्ती गाउँपालिका–१ पाखापानी निवासी समाजसेवी टोप बहादुर कार्कीले वडा नं. ३ मसुरियामा रहेको दुर्गा भवानी आधारभूत विद्यालयलाई ८ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्।
मङ्गलबार विद्यालयमा आयोजित कार्यक्रममा कार्कीले विद्यालयका प्रधानाध्यापक केशवराज आचार्यलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।
लायन्स क्लब अफ राप्ती क्यापिटलका लिडर समेत रहनुभएका कार्कीले प्रधानाध्यापक केशवराज आचार्यबाट विद्यालयमा शैक्षिक सामग्री आवश्यक रहेको जानकारी पाएपछि विद्यालयका विद्यार्थीहरूको पठनपाठन सहज बनाउन सहयोग गरेको बताए।



लाइभदाङ । २९ पुष २०८२, मंगलवार २२:०९ बजे