दाङमा दुईवटा बाइकलाई बसले ठक्कर दिँदा ३ जना घाइते

तुलसीपुर, ६ जेठ ।
घोराही लमही सडकको मसोट नजिकै बसले २ वटा मोटरसाइकललाई एकैपटक ठक्कर दिँदा ३ जना घाइते भएका छन् । घाईते हुनेहरूमा बा.८९ प. २४८६ नं.को मोटरसाइकल चालक लमही नगरपालिका–४ निवासी ३४ वर्षका पुनिराम चौधरी, सोही मोटरसाइकलमा पछाडि सवार २६ वर्षका प्रवेश कुमार चौधरी र रा.५ प. ९७६१ नं.को मोटरसाइकल चालक सोही ठाउँ निवासी २१ वर्षका पंकज चौधरी रहेका छन् ।

घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेका जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो । ठक्कर दिने बस चालक फरार रहेका छन् ।


घोराहीबाट लमही तर्फ जादै गरेका मोटरसाईकललाई पछिपछि गइरहेको ना. ४ ख.५५३५ नं. को बसले ठक्कर दिँदा दुबै मोटरसाईकल अगाडी रोकिएको रा. १ ख. १९१८ नं. को बसमा ठोकिन पुगेका थिए । घटना साझ ६ बजे भएको थियो ।