प्युठानको गौमुखीमा मन्त्रीलाई ज्ञापनपत्र, समस्या समाधान गर्ने प्रतिबद्धता

प्यूठान, १ मंसिर ।
प्यूठानको गौमुखी गाउँपालिका क्षेत्रमा चट्याङको जोखिम कम गर्न सार्वजनिक स्थलमा अर्थिङ्ग टावर स्थापनाको माग राखिएको छ ।

विगतका बर्षमा चट्याङका कारण मानवीय र पशुचौयामा क्षति व्यहोर्नु परेको भन्दै सार्वजनिक स्थलमा अर्थिङ्ग टावर स्थापना गर्न माग राखिएको हो । मदाने–१ देखि गौमुखि–७ जोड्ने सडक स्तरोन्नतिको माग राखिएको छ ।


यस्तै सुन्तला, एबोकार्डो र दाते ओखर खेति प्रबर्द्धन गर्नुपर्ने, ठुलावेसिमा कृषि संकलन केन्द्र भवन बनाउन माग राखिएको हो । गौमुखी गाउँपालिका-५ ठूलावेसीका अध्यक्ष बरुणध्वज मल्लले लुम्बिनी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीलाई ज्ञापनपत्र बुझाएका छन्।

गुल्मी जिल्लामा पक्की पुलको शिलान्यास गर्न जाने क्रममा मन्त्री ढकाल र पन्थीलाई ज्ञापनपत्र बुझाएका हुन । मन्त्री ढकालले मागहरु सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।