तुलसीपुर १७ माघ । अप्टिमिस्ट क्लब अफ तुलसीपुरले अप्टिमिस्ट डे मनाउने भएको छ। अप्टिमिस्ट डेको अवसरमा पाँच दिन विभिन्न कार्यक्रम आयोजना गर्ने क्लबका अध्यक्ष कमल सापकोटाले बताए ।
माघ १८ गते तुलसीपुर उपमहानगरपालिकाको सवाहलमा प्रभात फेरि तथा लागू पदार्थ दुर्व्यसनी सम्बन्धी सचेतना कार्यक्रम हुनेछ। बिहान ७ बजे हुने उक्त कार्यक्रमको संयोजकको जिम्मेवारी एकराज भण्डारीलाई दिइएको छ। त्यस्तै १९ गते मावि कालाखलामा शैक्षिक सामग्री वितरण कार्यक्रम आयोजना गरिएको छ। बिहान साढे ८ बजे हुने उक्त कार्यक्रमको संयोजकको जिम्मेवारी टिम अधिकारीलाई दिएको छ।
त्यस्तै २० गते मानव सेवा आश्रमद्वारा आयोजित महायज्ञमा दान प्रदान कार्यक्रमको संयोजकमा डमर डाँगीलाई दिइएको छ । त्यस्तै २१ मावि धोघरेमा ब्लड ग्रुपङ क्याम्प आयोजना गरिएको छ। जसको संयोजन गर्ने जिम्मा मेघराज पोखरेललाई प्रदान गरिएको छ ।
त्यस्तै २२ गते तुल्सीपुर ५ बसपार्क स्थित ज्ञानज्योति आधारभूत विद्यालयमा नेपाली लोकबाजा संरक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ। जसको दिउँसो ३ बजे हुने उक्त कार्यक्रमको संयोजनको जिम्मा मेघराज घिमिरेलाई प्रदान गरिएको छ ।
लाइभदाङ । १७ माघ २०८०, बुधबार २१:३६ बजे