लुम्बिनी प्रदेशसभाको जेनेरेटरमा आगलागी भएपछि बैठक स्थिगित

दीपक बोहरा
दाङ,२० असार ।
लुम्बिनी प्रदेशसभाको जेनेरेटरमा आगलागी भएपछि प्रदेशसभा बैठक स्थिगित भएको छ । सभामुख तुलाराम घर्तीले जेनेरेटरमा आगलागी भएकाले १० मिनेट बैठक स्थगित भएको जानकारी दिए ।

बुधबार दिउसो १ बजेर ५० मिनेट तिर जनेरेटरमा आगलागी भएको थियो । एमालेका सांसद तुलसी प्रसाद चौधरी बोलिरहेको समयमा सभाको बत्ति गएको थियो । बत्ति जाँदा सांसदहरु अध्यारोमै बसेका थिए ।


दोस्रो अधिवेशनको १७ औं बैठकमा एमालेका सांसदहरुले पनि संसदलाई चल्न दिएका थिए । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सभालाई सम्बोधन गरेपछि प्रतिपक्षदलले पनि छलफलमा भाग लिइरहेका थिए ।