पूर्व सशस्त्र प्रहरीले ग¥यो लक्ष्मीनारायण मन्दिर सरसफाई

तुलसीपुर, ११ साउन ।
देश र जनताको सेवामा आफ्नो जीवनको महत्वपूर्ण २० वर्ष बिताएका पूर्व सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू अवकाश पछि पनि समाजसेवामा सक्रिय रूपमा जुटेका छन् ।

तुलसीपुरमा गठन भएको पूर्व सशस्त्र प्रहरीहरूको कमिटीले यस प्रकारको सामाजिक कार्यको नेतृत्व गरिरहेको छ । चाडपर्वहरूलाई लक्षित गर्दै यस समूहले लक्ष्मी नारायण मन्दिर परिसरमा सरसफाई गरेको पूर्व शसस्त्र प्रहरी जीतबहादुर थापाले बताए ।


उक्त अभियानमा कमिटीका पदाधिकारी तथा सदस्यहरूले मन्दिर क्षेत्रको घाँस काट्ने र सरसफाई गर्ने कार्य गरेका छन् ।

अवकाश प्राप्त जीवनलाई समाजको हित र कल्याणमा लगाउने प्रतिबद्धता व्यक्त गर्दै यस कमिटीले समाजमा कुनै पनि प्रकारको विपद वा संकट परेको समयमा आफूहरूलाई सम्झन आग्रह गरेको छ ।