डाँगीद्वारा जन्मदिनको अवसरमा मानव सेवा आश्रममा भोजन

दाङ, ८ माघ
नेपाल शिक्षक संघ तुलसीपुर स्थानिय कार्य समितिका अध्यक्ष घनश्याम डाँगीले आफ्नो जन्मदिनको अवसरमा निशुल्क रुपमा खाना खुवाएका छन् ।  मानव सेवा आश्रम तुलसीपुरमा रहनुभएका ४० जनालाई खाना खुवाईएको हो ।

फजुल खर्च गर्नुभन्दा सामाजिक क्षेत्रमा खर्च गर्ने उद्देश्यले मानव आश्रममा एक छाक खाना खुवाइएको डाँगीले जानकारी दिए । नेपाल शिक्षक संघ तुलसीपुर स्थानिय कार्य समितिका अध्यक्ष समेत रहेका डाँगीले आश्रममा रहेकालाई एक छाक भएपनि खाना खुवाउदा खुसी लागेको बताए ।