काँग्रेस तुलसीपुरद्वारा वडासभापति र जनप्रतिनिधिसंग अन्तरक्रिया

तुलसीपुर
४ फागुन /  नेपाली काँग्रेस तुलसीपुर नगर कार्य समितिले पार्टीका वडासभापति र जनप्रतिनिधिहरुसंग अन्तरक्रिया गरेको छ । उपमहानगरपालिका भित्रका १९ वटै वडाका सभापति र काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुसंग अन्तरक्रिया गरेको प्रबक्ता पूर्णबहादुर डाँगीले बताए । नगरसभापति शुरेस हमालको सभापतित्व तथा पार्टीका लुम्बिनी प्रदेश सदस्य एवं तुलसीपुर उपमहानगरपालिका वडा नं. १० का अध्यक्ष कुमार लामिछानेको प्रमुख आतिथ्यमा अन्तरक्रिया भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि लामिछानेले पार्टीलाई मजबुद बनाउनकालागि सबै वडा सक्रिय भएर लाग्ने बेला आएको बताए । उनले स्थानीय निर्वाचन आउँदै गरेको भन्दै आफ्नो ठाउँबाट तयारीमा लाग्नुपर्ने समेत बताए ।

त्यस अवसरमा १९ वटै वडाका पार्टी सभापतिहरुले वडाको पार्टीको अबस्था, टोल समिति गठन, वडा पार्टी कार्यालय निर्माण प्रक्रियालगायतका बारेमा जानकारी गराएका थिए । त्यस्तै जनप्रतिनिधिहरुले आफूले यो अबधीमा गरेका कामहरुको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा महाधिवेशन प्रतिनिधि एवं वडा नं. ७ का अध्यक्ष टोपबहादुर केसी, महाधिवेशन प्रतिनिधि तथा वडा नं. ९ का अध्यक्ष घनश्याम ढकाल, वडा नं. ५ का अध्यक्ष विरेन्द्र शाहलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

साथै त्यस बैठकले चलायमान र संगठित गर्नकालागि टोल समिति गठनलाई तिब्रता दिने निर्णय गरेको छ । त्यस्तै पार्टीको ‘सबैलाई जोड्ने काँग्रेस,सबै अट्ने काँग्रेस’ भन्ने नारालाई साार्थकता बनाउनकालागि १९ वटै वडाका सभापतिहरुले आ–आफ्नो वडामा महत्वपूर्ण भूमिका खेल्ने निर्णय भएको छ ।


साथै पार्टी कार्यालय नभएका वडाहरुले जग्गा ब्यबस्थापन गरि छिटो कार्यालय निर्माणमा ध्यान दिने समेत निर्णय भएको प्रबक्ता डाँगीले बताए । त्यस अवसरमा पार्टीका नगर सभापति हमालले बैठकले गरेका निर्णयहरुलाई कार्यान्वयनमा ल्याउन वडा सभापतिहरुलाई निर्देशन दिएका थिए ।

सहसचिब शेषमणी भण्डारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा पार्टीका नगर उपसभापति गौरव सुवेदीले धन्यवाद ज्ञापन गरेका थिए, भने सहजीकरण सचिब विमल पौडेलले गरेका थिए ।

No description available.

No description available.No description available.