
तुलसीपुर, ९ जेठ । नेपाल उद्योग ब्यापार महासंघ तुलसीपुरको पहिलो बैठक शुक्रबार भएको छ ।
अध्यक्ष बेदप्रसाद वलीको अध्यक्षता तथा केन्द्रीय सदस्य एवं पार्टीका फ्याक्सन इन्चार्ज मिनराज भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा सल्लाकार लालबहादुर डाँगी, कानुनी सल्लाहकार रामशरण चौधरी र प्रेस सल्लाहकारमा दीपक बोहरालाई चयन गरिएको छ ।
त्यस अवसरमा प्रेस सेन्टर बिशिष्ट अतिथि महासंघका लुम्बिनी प्रदेश सचिब शेसकान्त ढकाल,जिल्ला अध्यक्ष डिल्लीबहादुर वली, महासंघ तुलसीपुरका निवर्तमान अध्यक्ष घनश्याम डाँगी, प्रेस सेन्टर दाङका सचिब दीपक बोहरालगायतले मन्तब्य ब्यक्त गरेका थिए । त्यस क्रममा बक्ताहरुले महासंघलाई व्यबहासायीहरुको हतहितमा काम गर्नकालागि विशाल संस्था बनाउनु पर्ने बताएका थिए ।
कार्यक्रमको सहजीकरण महासचिब कृष्ण पुनले गरेका थिए ।



लाइभदाङ । १० जेष्ठ २०८२, शुक्रबार २३:२२ बजे