रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु

दाङ, २९ साउन ।
रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

लुङ्ग्री गाउँपालिका–१ खदरका ५९ वर्षीय वीरबहादुर खत्रीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो।


प्रहरी निरीक्षक श्रेष्ठका अनुसार बिहीबार राति करिब साढे ८ बजे आफ्नै घरमा बसिरहेको अवस्थामा खत्रीलाई चट्याङ लागेको थियो। चट्याङ लागेर बेहोस भएका खत्रीलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकी पाङमा लगिएको थियो।

तर स्वास्थ्यकर्मीले उनलाई राति करिब ९ बजे मृत घोषणा गरेका थिए।