ग्रेट अरनिकोमा कक्षा ११ विद्यार्थीलाई स्वागत

तुलसीपुर, १५ भदौ ।
तुलसीपुरमा रहेको ग्रेट अरनिको इंग्लिश सेकेण्डरी स्कूलले एक कार्यक्रमको आयोजना गरि कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत तथा सम्मान गरेको छ ।

विद्यालयका प्रिन्सिपल विष्णु प्रसाद देवकोटाको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक मान बहादुर रावत प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रमुख अतिथि संयोजक रावतले शिक्षालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले व्यावहारिक रुपमा कार्यान्वयन गर्न सकेमात्रै सफलता मिल्ने बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका १८ का अध्यक्ष माधव ओलीले विद्यार्थीको शैक्षिक सफलताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख सलाहकार विष्णु प्रसाद आचार्य र विद्यालयका संस्थापक अध्यक्ष महेश प्रसाद आचार्य पनि उपस्थित रहनुभएको थियो ।


कार्यक्रममा एक हजार जना विद्यार्थीको सहभागिता रहेको थियो । विद्यार्थीहरूले गीत, कविता, गजल, मुक्तक, र नृत्य प्रस्तुत गरेर आफ्नो प्रतिभा देखाएका हुन् । राष्ट्रिय लोक दोहोरी गायक शक्ति चन्द लगायतका कलाकारहरूले कार्यक्रमलाई थप मनोरञ्जनमय बनाउनुभयो ।

शिक्षक कमल डाँगीले गीतमार्फत विद्यार्थीहरूलाई पठन पाठनमा जोड दिन सुझाव दिनुभयो । भाइस प्रिन्सिपल कमल प्रकाश शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक नारायण भट्टराईले गर्नुभएको हो ।