दाङका एक जनाको मलेसियामा मृत्यु

तुलसीपुर, १९ कात्तिक ।
दाङका एक जनाको मलेसियामा मृत्यु भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका बबई गाउँपालिका वडा नं. ७, मलै निवासी २३ वर्षीय युवा ललित बहादुर वलीको निधन भएको हो ।


उनी मलेसिया गएको ३/४ महिना जति मात्रै भएको थियो । उनको आइतबार एक्कासी निधन भएको हो ।