दुर्घटनाबाट मृत्यु भएकी कल्पनाको अन्तयष्टी

तुलसीपुर, २३ साउन ।
दुर्घटनाबाट मृत्यु भएकी दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.११ कटाहाकी कल्पना केसीको अन्त्येष्टी गरिएको    छ। केसीको बिहीबार दिउँसो तुलसीपुर उपमहानगरपालिकाको टिप्परले ठक्कर दिदा मृत्यु भएको थियो । उनको शवलाई शुक्रबार आफन्तीले बुझेका हुन् । उपमहानगरपालिकाले तुलसीपुर ११ काटाहामा प्रतिक्षालय निर्माण गरिदिने, मृतकको घर तर्फ र माईती तर्फका एक/एक जनालाई रोजगारी दिने, बीमा वापतको रकम उपलब्ध गराउन पहल गर्ने सहमति भएपछि आफन्तीले शव बुझेका हुन् । उनको शुक्रबार साँझ नै अन्त्येष्टी गरिएको हो । श्रीमान कतारबाट शुक्रबार नै तुलसीपुर पुगेका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार कल्पना रा ४ प ७९४५ नम्बरको स्कुटीमा सवार रही तुलसीपुर बजारबाट दक्षिणतर्फ जाँदै थिइन् । उनको अगाडि तुलसीपुर उपमहानगरपालिकाको फोहर बोक्ने रा १ ग २२ नम्बरको टिप्पर गुडिरहेको थियो । सोही दिशामा गइरहेकी उनलाई विपरीत दिशाबाट आइरहेको कप्र ०२–००३ प २४४९ नम्बरको मोटरसाइकलले ठक्कर दियो । त्यो एउटा ठक्करले कल्पनाको स्कुटरको सन्तुलन बिग्रियो र उनी टिप्पर मुनी परिन ।


टिप्पर मुनी परेर गम्भीर घाइते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको    थियो ।