‘जनप्रतिनिधिले चुनाब लड्न राजीनामा दिनुपर्ने कुरा अदालतको फैसला अनुसार हुन्छ’

दाङ
९ चैत / प्रधानमन्त्री कार्यालयका सचिब धनराज ज्ञवालीले जनप्रतिनिधिले चुनाब लड्का राजीनामा दिनुपर्ने कुरा अदालतको फैसला अनुसार हुने बताएका छन् । निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित बनाउनकालागि यस्तो आचारसंहिता बनाएको भन्दै यसमा केही जनप्रतिनिधिले रिट दायर गरेकाले यसमा अदालतको फैसला अनुसार नै हुने बताएका हुन् ।

दाङको घोराहीमा बुधबार भएको निर्वाचन आचार संहिताको प्रभाबकारी कार्यान्वयन र सरोकारवालाहरुको भूमिका विषय अन्तरक्रियामा उनले अहिलेको निर्वाचन आचर संहितामा खर्च पनि कम गर्ने कुरा उल्लेख छ । यसले निर्वाचन भड्किलो,खर्चिलो नहुँने बताए ।

यसले निर्वाचनलाई स्वच्छ, कम खर्चिलो बनाउने आधार तयार हुने बताए । ।“अहिले निर्वाचन निकै खर्चिलो भयो, सामान्य ब्यक्तीले चुनाब लड्न सक्दैनन् भन्ने कुरा आएको छ”,उनले भने“यसलाई चीर्नकालागि कम खर्चमा कमी बनाएका छौं ।”


त्यस अवसरमा निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनलाई मर्यादित बनाउन सबैले आचरसंहित पालना गर्नुपर्ने बताए । निर्वाचन आयोग र नेपाल कानुन समाजले उक्त कार्यक्रमको आयोजना गरेको हो । निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले यसलाई मर्यादित बनाउन सबैले भूमिका खेल्नु पर्ने उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश नीता गौतम दिक्षितले बताइन् ।

त्यस अवसरमा सहभागिताहरुले निर्वाचन खर्च एकदमै न्यून भएको भन्दै देखाउने दाँत मात्रै भएको बताएका थिए । उनीहरुले निर्वाचन खर्च बढाउनु पर्ने बताएका थिए । त्यस्तै पदाधिकारीहरुले राजीनामा दिएर उम्मेदवार बन्नुपर्ने विषयमा पनि बैज्ञानिक नभएको भन्दै असन्तुष्टि जनाएका थिए ।