माओवादी केन्द्र तुलसीपुर ५ को वडा कार्यालय भवन निर्माण जारी

तुलसीपुर
१ फागुन / नेकपा (माओवादी केन्द्र) तुलसीपुर ५ ले आफ्नो भवन निर्माणको काम तिब्रताकासाथ अघि बढाएको छ ।

पार्टीका वडाध्यक्ष बेदप्रसाद वलीका अनुसार जग, विम ढलान भइसकेको छ । तुलसीपुरको प्रगतिशिलनगर टोलमा उक्त भवन निर्माण गर्न लागिएको हो ।


उक्त भवन निर्माणकालागि बिभिन्न ब्यक्तीहरुबाट सहयोगको समेत अपेक्षा गरिएको अध्यक्ष वलीले बताए ।

‘हामीले वडा पार्टी कार्यालयको भवन निर्माण कार्य सुरु गरेका छौं’,उनले भने‘यसमा हामीले बिभिन्न ब्यक्ती तथा संस्थाहरुबाट सहयोगको अपेक्षा गरेका छौं ।’