तुलसीपुरबाट कपुरकोटका लागि छुटेको जिप दुर्घटना

तस्वीर : दोर्ण आचार्य

तुलसीपुर, २६ मंसिर । तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको जीप दुर्घटनामा परेको छ । आज अपरान्ह ४ बजेतिर तुलसीपुर ३ सिरखोलामा रा १ ज ४३८ नम्बरको जिप दुर्घटनामा परेको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । जिपमा करिब १३ जना यात्रु सवार थिए।


घटनाको विवरण आउन बाँकी छ।