दृष्टि चुपचाप गुम्नबाट बच्न समयमै परीक्षण र नियमित उपचार आवश्यक: जलबिन्दु विशेषज्ञ डा. रञ्जित कुमार साह

तुलसीपुर, ०२ साउन ।
जलबिन्दु (ग्लोकोमा) रोगबाट हुने स्थायी दृष्टि क्षतिलाई रोक्न समयमै परीक्षण, नियमित उपचार तथा स्वस्थ जीवनशैली अपनाउनुपर्नेमा जलबिन्दु विशेषज्ञ तथा सह–प्राध्यापक डा। रञ्जित कुमार साहाले जोड दिनुभएको छ।

राप्ती आँखा अस्पताल, तुलसीपुर–४, रक्षाचौर, दाङमा आयोजित जलबिन्दु सम्बन्धी सचेतना कार्यक्रममा बोल्दै उहाँले जलबिन्दुलाई “दृष्टि चुपचाप चोर्ने रोग” को संज्ञा दिँदै रोगको सुरुवाती चरणमा प्रायः कुनै लक्षण नदेखिने भएकाले धेरै बिरामी ढिलो गरी उपचारमा आउने गरेको बताउनुभयो।

उहाँका अनुसार जलबिन्दुका कारण आँखाभित्रको चाप ९आँखाको प्रेसर० बढ्न गई दृष्टि नसा ९इउतष्अ ल्भचखभ० मा बिस्तारै क्षति पुग्छ। एकपटक क्षति पुगेको दृष्टि नसा पुनः सामान्य अवस्थामा फर्काउन नसकिने भएकाले रोगको समयमै पहिचान र नियमित उपचार नै दृष्टि जोगाउने प्रमुख उपाय भएको उहाँको भनाइ थियो।

डा। साहाले जलबिन्दु भएका बिरामीहरूलाई एकैपटक धेरै पानी नपिउन सुझाव दिनुभयो। उहाँले थोरै–थोरै मात्रामा पटक–पटक पानी पिउनु उपयुक्त हुने बताउँदै शरीरमा पानीको सन्तुलन कायम राख्नुपर्ने उल्लेख गर्नुभयो।

त्यसैगरी उहाँले धूमपान र मदिरा सेवनले दृष्टि नसामा थप नकारात्मक असर पार्न सक्ने भएकाले यस्ता बानीबाट टाढा रहन आग्रह गर्नुभयो। स्वस्थ दृष्टिका लागि हरियो सागसब्जी, फलफूल, गाजर, माछा, बदाम तथा प्रशस्त पोषिलो आहार सेवन गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।


कार्यक्रममा उहाँले पर्याप्त निद्रा दृष्टि नसाको स्वास्थ्यका लागि अत्यन्त आवश्यक रहेको बताउँदै अनावश्यक मानसिक तनाव कम गर्न, नियमित हल्का व्यायाम गर्न, मधुमेह तथा उच्च रक्तचापलाई नियन्त्रणमा राख्न र चिकित्सकले दिएको औषधि नियमित रूपमा प्रयोग गर्नुपर्ने सुझाव दिनुभयो।

साथै, चिकित्सकको सल्लाहबिना औषधि बन्द नगर्न, प्रत्येक फलोअपमा प्रयोग गरिरहेको औषधि साथमा ल्याउन तथा तोकिएको मितिमा नियमित जाँच गराउन पनि उहाँले आग्रह गर्नुभयो। जलबिन्दु ९ग्लुकोमा० रोग धेरै अवस्थामा वंशानुगत हुन सक्छ, त्यसैले परिवारमा कसैलाई जलबिन्दु भए नियमित आँखाको परीक्षण गराउनु आवश्यक हुन्छ। यो जन्मजात पनि हुन सक्छ। साथै आँखामा चोटपटक लाग्नु, लामो समयसम्म स्टेरोइडयुक्त औषधि प्रयोग गर्नु, मधुमेह, उच्च रक्तचापलगायतका स्वास्थ्य अवस्थाले पनि जलबिन्दुको जोखिम बढाउन सक्छ। त्यसैले नियमित आँखाको जाँच गरी समयमै रोग पहिचान र उपचार गर्नु अत्यन्त आवश्यक छ। नेपाल नेत्रज्योति सङ्घ, दाङ शाखाका सहसचिव प्रणव कुमार खड्काको प्रमुख आतिथ्य तथा जलबिन्दु विशेषज्ञ डा। रञ्जित कुमार साहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दाङ जिल्लाका विभिन्न पालिकावाट ४० जना जलबिन्दु प्रभावित बिरामी तथा उनीहरूका आफन्तहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा नेत्र विशेषज्ञ डा। सुमित पाण्डे, डा। बिनिता खेसी, डा। क्षिमता सुवेदी, डा। निकोस कुमार वरिष्ठ दृष्टि विशेषज्ञ ओमप्रकाश यादव क्लिनिकल इन्चार्ज उपेन्द्र चन्द, वरिष्ठ नेत्रकर्मी टिका खड्का, ओटी इन्चार्ज अपना गौतम, नेत्र सहायक सीमा न्यौपाने, लगायत स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।

सहभागी बिरामीहरूले यस्ता सचेतनामूलक कार्यक्रमबाट जलबिन्दुको प्रकृति, औषधिको सही प्रयोग, जीवनशैली व्यवस्थापन तथा नियमित फलोअपको महत्वबारे विस्तृत जानकारी प्राप्त भएको प्रतिक्रिया दिएका छन्। अस्पतालले पनि यस्ता कार्यक्रमलाई आगामी दिनमा निरन्तर सञ्चालन गर्दै जलबिन्दुका कारण हुने अन्धोपन न्यूनीकरणमा जनचेतना अभिवृद्धि गर्ने जनाएको छ।