राप्तीको निर्णय: सरकारी सेवा लिनेले सामुदायिक विद्यालयमा पढाउनु पर्ने

दाङ, ३ वैशाख । दाङको राप्ती गाउँपालिका भित्र सरकारी सेवा लिने सबैले सामुदायिक विद्यालयमै पढाउनु पर्ने निर्णय गरेको छ । पालिका अध्यक्ष प्रकाश विष्टका अनुसार सोही अनुरुप भर्ना अभियान सञ्चालन गरिएको छ ।

शिक्षा समितिले जनप्रतिनिधि,सरकारी सेवाका शिक्षक तथा कर्मचारी र लाभको पद धारण गरेका व्यक्तिहरुका सन्तान सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरे बमोजिम भर्ना अभियान सञ्चालन गरिएको यहाँको भनाई छ ।“सामुदायिक विद्यालयको गुण्स्तर सुधार गर्न सरकारी सेवा लिएका सबैले सामुदायिक विद्यालयमै पढाउनु पर्छ”उहाँले भन्नुभयो“त्यो भएमा शिक्षामा सुधार हुन्छ ।”


साथै पालिकाले सामुदायिक र संस्थागत विद्यालयको पोशाकमा पनि एकरुपता गर्ने भएको छ । विद्यालयहरुको स्तरीकरण गरि भर्ना शुल्क, मासिक शुल्क, तथा ऐन अनुसार तोकिएका अन्य शुल्कहरु पालिकाले तोक्ने, बिद्यालयहरुको नाम नेपालीपन झल्काउने खालको हुनुपर्ने अध्यक्ष विष्टले बताउनुभयो ।