दंगीशरणका सातै वडामा निःशुल्क पाठेघर स्वास्थ्य शिविर, ५० जनामा क्यान्सरको शंका 

दंगीशरण,१२ असार ।
दंगीशरण गाउँपालिकाको आयोजनामा गाउँपालिकाका ७ वटै वडामा पाठेघर सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरीएकोछ । प्रत्यक वडामा गरिएको निशुल्क शिविरबाट महिलाहरुको पाठेघर सम्बन्धि थुप्रै समस्याहरु देखापरेको दंगीशरण स्वास्थ्य साखामा कार्यरत सिनियर नर्सिङ अधिकृत राधा शर्माले जानकारी दिनुभयो ।

यसरी ७ वटै वडामा गरिएको शिविरबाट ८१७ जना सहभागी भएकोमा ७२५ जनाले पाठेघरको क्यान्सरको प्रारम्भिक जॅाच गराएका थिय । जसमध्य क्यान्सर संन्कासपद ५० जना फेला परेको र पाठेघरको मुखमा मासु पलाएको २४ जना ,पहिलो तथा दोस्रो stage का ७ जना, तेस्रो stage का ७ जना र चौथो stage को १ जना फेला परेको नर्सिङ अधिकृत शर्माले जानकारीदिनुभयो ।

सप्ताह ब्यापी गरिएको शिविर अन्तर्गत वडा न १ मा जम्मा ७६ जना शिविरमा सहभागी भएकोमा ६४ जनाले पाठेघरको क्यान्सरको प्रारम्भिक जाँच गराएकोमा पाठेघरको मुखमा मासु पालाएको १ जना,क्यान्सर सन्कास्पद ४ जना,भेटिएका हुन,

वडा नं. २ मा १६९ जना सहभागी भएकोमा १४० जनाले पाठेघरको क्यान्सरको प्रारम्भिक जाँच गरएकोमा
क्यानसर शंकास्पद १० जना,पाठेघरमा मासु पलाएको ७ जना,पहिलो तथा दोस्रो stage का ५ जना भेटिएका हुन

वडा न ३ मा ९० जना शिविरमा सहभागी रहेकोमा ८१ जनाले पाठेघरको क्यान्सरको प्रारम्भिक जाँच गराएकोमा ४ जना सन्कासपद १ जना पाठेघरमा मासु पलाएको र पहिलो र दोस्रो stage का ५ जना र चौथो stage को १ जना फेला परेका छन ।


वडा न ४ मा १३१ जना शिविरमा सहभागी भएकोमा १२० जनाले पाठेघरको क्यान्सरको प्रारम्भिक जाँच गराएको र ४ जना सन्कासपद भेटिएको तथा ४ जना पाठेघरमा मासु पलाएका दोस्रो र तेस्रो stage का १९ जना फेला परेकाछन ।

वडा न ५ मा १०८ जना शिविरमा सहभागी भएकोमा ९३ जनाले पाठेघरको क्यानसरको प्रारम्भिक जाच गराएकोमा सन्कासपद ७ जना पाठेघरमा मासु पलाएको ५ जना पहिलो र दोस्रो stage का ४ जना र तेस्रो stage को १ जना फेला परेकाछन ।

वडा न ६ मा ११२ जना सहभागी भएकोमा ८७ जनाले पाठेघरको क्यान्सरको प्रारम्भिक जाच गराएकोमा ८ जना सन्कासपद ४ जना पाठेघरमा मासु पलाएको,र ४ जना पहिलो र दोस्रो stage का फेला परेकाहुन ।

त्यस्तै वडा न ७ मा १३१ जना सहभागी भएकोमा ११५ जनाले पाठेघरको क्यान्सरको प्रारम्भिक जाँच गराएकोमा १० जना सन्कासपद ,पहिलो र दोस्रो stage का ४ जना र तेस्रो stage को १ जना फेला परेका हुन । सन्कासपद बिरामिलाइ राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रिफर गरीएको बताइएको छ । गाउँपालिकाले यस्ता स्वास्थ्य शिविरलाई आगामी दिनमा पनि निरन्तरता दिँदै महिलामा पाठेघरको मुखको क्यान्सरको समयमै पहिचान र उपचारमा जोड दिने जनाएको छ।