तरकारीको बजार केन्द्र‘तुलसीपुर’

तुलसीपुर,२६ मंसिर ।
दाङको तुलसीपुर तरकारीको बजार केन्द्र बन्ने गरेको छ । तुलसीपुर उपमहानगरपालिका कृषी महाशाखा प्रमुख धनराज गौतमका अनुसार दाङका केही गाउँपालिकासहित सल्यान,रोल्पाबाट उत्पादित तरकारी पनि बजारिकरणकालागि तुलसीपुर नै केन्द्र बन्ने गरेको बताउनुभयो ।“तुलसीपुर यस क्षेत्रको मात्रै होईन्, वाहिरी जिल्लाको बजारीकरण केन्द्र हो”,उहाँले भन्नुभयो“त्यसैले यहाँको तरकारी बजारलाई ब्यबस्थित गर्नतर्फ लाग्नु पर्छ ।”

अहिले उपमहानगरपालिकामा उत्पादित तरकारीसंगै दंगीशरण, बबई, शान्तिनगरको तरकारीको बजार केन्द्र पनि तुलसीपुर हो । त्यस्तै सल्यानको कपुरकोट गाउँपालिका, त्रिवेणी गाउँपालिकाबाट पनि तुलसीपुरमै तरकारी आउने गरेको छ ।

तरकारी बजारीकरणकालागि २ करोड ३३ लाख लगानीमा तरकारी मण्डी सञ्चालनमा ल्याईएको छ । मावि सेन्टरको १२ कठ्ठा १७ धुर भाडामा लिएर उक्त तरकारी मण्डी सञ्चालनमा ल्याईएको हो । जहाँ ३८ वटा कोठा रहेका छन् । ति मध्ये १६ वटामा तरकारी ब्यापार, १९ वटा कोठामा फलफूल ब्यापार गर्ने गरिएको छ । २०६८ सालमा उक्त बजार दर्ता गरि सञ्चालनमा ल्याईएको हो ।

तुलसीपुरमा मात्रै दैनिक ४ लाख रुपैँया बराबरको कारोबार हुने गर्छ । त्यस्तै तुलसीपुरमा दैनिक ७ लाख बराबर फलफूल कारोबार हुनेगर्छ । तुलसीपुरमा मात्रै अठार हजार मेट्रिकटन तरकारी उत्पादन हुनेगर्छ । तुलसीपुरमा १७ हजार दुईसय २१ हेक्टर क्षेत्रफल खेति योग्य जमिन रहेको छ । तर, १५ हजार २ सय २७ हेक्टरमा मत्रै खेति हुने गरेको छ । तुलसीपुरमा ९ हजार ९ सय ९९ हेक्टर खेतको क्षत्रफल रहेको छ, भने ६ हजार एकसय २८ हेक्टर पाखोको क्षेत्रफल रहेको छ । जसमध्ये खेति योग्य जमिनमा वाली नलगाएको क्षेत्रफल १ हजार ९ सय ८५ रहेको छ । तुलसीपुरमा ६०.५ प्रतिशत कृषि आश्रित परिवार छ ।

तुलसीपुरमा हाल ४ सय ८५ कृषक समूह रहेका छन् । तुलसीपुर ६० समूह तथा सहकारीले रासायनिक मलखादको विक्रेताको इजाजत लिएका छन् । त्यस्तै तुलसीपुरमा ४ सय ५० वटा कृषि घरेलु फर्म दर्ता भएका छन् ।


तुलसीपुरको मुख्य वाली धान
तुलसीपुरको मुख्यवालीको रुपमा धान रहेको छ । जहाँ १० हजार हेक्टर क्षेत्रफलमा धान लगाउने गरिन्छ, जसबाट सरदर ३५ हजार मेट्रिकटन धान उत्पादन हुने तुलसीपुर उपमहानगरपालिकाका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताउनुभयो । तुलसीपुरमा १५ हजार २२७ हेक्टरमा खेति हुने गरेकोमा धान मात्रै १० हजार हेक्टर क्षेत्रफलमा खेति हुने गरेको छ ।

त्यस्तै तुलसीपुरमा बार्षिक ५ हजार हेक्टर क्षेत्रफलमा १० हजार मेट्रिकटन मकै उत्पादन हुनेगर्छ । त्यस्तै ३ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेति हुनेगर्छ । जसबाट ९ हजार मेट्रिकटन उत्पादन हुनेगर्छ । त्यस्तै ६ हजार हेक्टर क्षेत्रफलमा मसुरो खेति हुनेगर्छ । जसबाट ४ हजार मेट्रिकटन मसुरो उत्पादन हुने महाशाखा प्रमुख गौतमले बताउनुभयो ।

त्यस्तै तुलसीपुरमा ३ हजार हेक्टर क्षेत्रफलमा तोरी खेति हुन्छ । जसमा २ हजार मेट्रिकटन उत्पादन हुनेगर्छ । त्यस्तै १ हजार हेक्टर क्षेत्रफलमा फलफूल खेति हुने गरेको तुसीपुरमा ४ हजार मेट्रिकटन उत्पादन हुनेगर्छ । त्यस्तै एक हजार हेक्टर क्षेत्रफलमा तरकारी खेति हुने गरेको तुलसीपुरमा उत्पादन भने १६ हजार मेट्रिकटन हुनेगर्छ । त्यस्तै तुलसीपुरमा एक हजार हेक्टर क्षेत्रफलमा आलु खेति हुनेगर्छ । जसमा ६ हजार मेट्रिकटन उत्पादन हुनेगर्छ ।

तुलसीपुरमा कति रासायनिक मल आबश्यक
तुलसीपुरमा धान खेतिकालागि ३ हजार १ सय २२ मेट्रिकटन रासायनिक मल आबश्यक पर्छ । जसमा युरिया एक हजार ९ सय ५०, डीएपी ६ सय ६३, पोटास ५ सय ८ मेट्रिकटन आबश्यक पर्छ । मकैकालागि ९ सय ६९ मेट्रिकटन, गहुँकालागि एक हजार एकसय ९५ मेट्रिकटन, तरकारीकालागि ३ सय ३१ मेट्रिकटन र तोरीकालागि ६ सय ४४ मेट्रिकटन रासायनिक मल आबश्यक पर्छ ।

तुलसीपुरको माटोको अबस्था
तुलसीपुरमा माटोको जाँच गर्दा पिएच अम्लिय ६.३ भन्दा कम रहेको पाईएको छ । त्यस्तै नाइट्रोजन, प्राङ्गारिक पदार्थ, फसफोरसको मात्रा माटोमा कमी रहेको पाईएको महाशाखा प्रमुख गौतमले बताउनुभयो । त्यस्तै माटोमा पोटासको मात्रा मध्यम रहेकाले सिफारिश गरेको मात्राका आधारमा मात्रै प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार जति सिफारिश गरिएको हो, त्यति मात्रै चुन प्रयोग गर्नुपर्ने, प्राङ्गारिक मल एक हजार केजी प्रति कठ्ठा, माटोमा फसफोरस कम भएकाले सिफारिश मात्रामा मात्रै प्रयोग गर्नुपर्छ । साभारः अग्रिम साप्ताहिक